२४ फाल्गुन २०८२, आईतवार
मधेश मुख्‍य समाचार राजनीति विशेष समाचार

सर्लाही ३ र ४ मा पनि रास्वपाका उम्मेदवार विजयी

सर्लाही । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ र ४ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन् । दुवै क्षेत्रमा रास्वपाले उल्लेखनीय मतान्तरसहित जित हात पारेको हो ।

सर्लाही–३ मा रास्वपाका उम्मेदवार नरेन्द्र साह कलवार ४६ हजार ८९० मत प्राप्त गर्दै विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका नारायणकाजी श्रेष्ठ ले १३ हजार ३३८ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, नेपाली काँग्रेसका विनोद कुमार खनाल ले ६ हजार ६२४ मत र नेकपा एमालेका हरि प्रसाद उप्रेती ले ५ हजार ७७६ मत प्राप्त गरेका छन् ।
यस्तै, सर्लाही–४ मा पनि रास्वपाका उम्मेदवार डा. अमरेश कुमार सिंह ३५ हजार ६८८ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गगन थापाले २२ हजार ८३१ मत प्राप्त गरेका छन् । सिंहले थापालाई १२८५७ मतले हराएका छन् ।

नेकपा एमालेका अमनिश कुमार यादव ले ९ हजार ३४३ मत ल्याउँदा जनमत पार्टीका राकेश मिश्र ले १ हजार ५७२ मत प्राप्त गरेका छन्। साथै, सर्लाही ९ १ मा रास्वपाका नीतिमा भण्डारी कार्की र क्षेत्र नम्बर २ मा रबिन महतो विजयी भएका छन् । यस सँगै जिल्लाका चार वटै निर्वाचन क्षेत्रमा रास्वपाले जित हासिल गरेको छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।