२२ फाल्गुन २०८२, शुक्रबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

आउने परिणाम सहर्ष स्वीकार गर्छु, योग्य प्रतिनिधि छान्नुहोस् : रेनु दाहाल

चितवन । चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि बिहीबार जारी मतदान प्रक्रियामा सहभागी भएपछि रेनु दाहालले निर्वाचनको परिणामलाई सहर्ष स्वीकार गर्ने बताएकी छन् ।

दाहालले मतदाताहरूलाई विवेक प्रयोग गरेर योग्य, इमानदार र कामबाट प्रमाणित भइसकेका प्रतिनिधिलाई छान्न आग्रह गरिन् ।

‘आफ्नो भाग्य र भविष्यको फैसला गर्ने अधिकार तपाईंहरूको हातमा छ,’ उनले भनिन्, ‘आवेगमा आएर वा हतारमा निर्णय गरेर पछि पछुताउने अवस्था नआओस्। विवेक पु¥याएर मतदान गर्नुहोस् ।’

चितवनमा भयरहित र निष्पक्ष वातावरणमा मतदान भइरहेको उल्लेख गर्दै दाहालले आफू निकै उत्साहित र खुसी रहेको बताइन् । आफ्नो जितको सम्भावनाबारे चर्चा गर्दै उनले थपिन्, ‘मेरो जित्ने सम्भावना पूर्ण छ, रेनु दाहालले हार्नुपर्ने कुनै कारण छैन् । यद्यपि, जनताले दिने परिणामलाई म सहर्ष स्वीकार गर्छु ।’

यो दिनलाई जनताले आफ्नो अमूल्य मत प्रयोग गर्ने महत्त्वपूर्ण अवसरका रूपमा चित्रण गरिन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि