२१ फाल्गुन २०८२, बिहीबार
बागमती मुख्‍य समाचार समाचार

भ्रामक समाचार नपत्याउन मतदातासँग आसिका तामाङको अपिल

काठमाडौं । धादिङ क्षेत्र नं १ की उम्मेदवार आसिका तामाङले आफ्नो उम्मेदवारी खारेज भएको भन्ने विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति गम्भीर आपत्ति जनाएकी छन् । उनले सामाजिक सञ्जाल मार्फत उक्त समाचार पूर्ण रूपमा भ्रामक र असत्य भएको स्पष्ट पारेकी हुन् ।

निर्वाचनको अन्तिम चरणमा केही मिडिया हाउसहरूले ‘आसिका तामाङको उम्मेदवारी खारेज भयो’ भन्ने शीर्षकमा समाचार प्रकाशित गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तामाङले आफ्नो उम्मेदवारी कायमै रहेको स्पष्ट पारेकी हुन् ।

उनले आफूलाई बारम्बार ‘विदेशी’ भन्दै लगाइएका आरोपहरू पनि असत्य र आधारहीन भएको दाबी गरिन् । ‘म यही देशको नागरिक हुँ। नेपालको संविधानले मलाई मतदान गर्ने र उम्मेदवार बन्ने पूर्ण अधिकार दिएको छ,’ उनले सामाजिक सञ्जालमा उल्लेख गरेकी छन् ।

तामाङले अन्तिम समयमा आफूलाई कमजोर बनाउन नियोजित रूपमा भ्रम फैलाइएको आरोप लगाउँदै यस विषयमा कानुनी उपचार खोजिसकेको जानकारी दिइन् ।

मतदातालाई कुनै पनि भ्रामक समाचारमा नपर्न आग्रह गर्दै उनले ढुक्क भएर मतदान गर्न अपिल गरेकी छन् । ‘म तपाईँहरूकै छोरी–चेली र उम्मेदवार हुँ । तपाईँहरूको विवेकपूर्ण मतले नै परिवर्तन सम्भव छ,’ उनले भनिन् । धादिङ क्षेत्र नं. १ मा प्रतिस्पर्धा रोचक बन्दै गइरहेका बेला उम्मेदवार तामाङले सत्यको विजय हुने विश्वास व्यक्त गरेकी छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि