१५ फाल्गुन २०८२, शुक्रबार
कोशी मुख्‍य समाचार विशेष समाचार समाचार

पत्रकार अर्जुन आचार्यमाथि भएको आक्रमणप्रति प्रेस सेन्टर मोरङको भत्र्सना, दोषीलाई कारबाहीको माग

विराटनगर । चुनावी रिपोर्टिङका क्रममा झापा क्षेत्र नम्बर ५ मा पुगेका प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य तथा पत्रकार अर्जुन आचार्यमाथि भएको आक्रमण र दुव्र्यवहारको घटनाप्रति प्रेस सेन्टर नेपाल मोरङले घोर निन्दा तथा भत्र्सना गरेको छ ।

प्रेस सेन्टर मोरङका सचिव अनिल श्रेष्ठले बिहीबार एक विज्ञप्ति जारी गर्दै हाम्रो मतका कार्यकारी सम्पादक तथा ‘रातो पाटी’का संवाददाता आचार्यमाथि भएको साङ्घातिक हमला प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको बताएका छन्। बिहीबार झापाको कमल गाउँपालिकामा नेकपा (एमाले) का अध्यक्ष तथा सो क्षेत्रका प्रतिनिधिसभा उम्मेदवार केपी शर्मा ओलीको घरदैलो कार्यक्रमको रिपोर्टिङ गर्ने क्रममा आचार्यमाथि आक्रमण भएको हो ।

विज्ञप्तिमा उल्लेख भएअनुसार, एमाले निकट ‘भोलेन्टियर फोर्स’ का कार्यकर्ताहरूले भिडियो खिचिरहेका पत्रकार आचार्यमाथि हातपात गर्दै उनको मोबाइल र क्यामेरा समेत खोसेका छन् । एमाले अध्यक्ष ओली नजिकै रहेको अवस्थामा बा २५६१ नम्बरको स्कर्पियो चढेर आएको जत्थाले आचार्यमाथि कुटपिट र लुटपाट गरेको घटनालाई प्रेस सेन्टरले ‘कायरतापूर्ण’ संज्ञा दिएको छ ।

ूपार्टी अध्यक्षकै सामुन्ने पत्रकारमाथि आक्रमण हुँदा आक्रमणकारीलाई नियन्त्रणमा लिन सुरक्षा निकायले वास्ता नगर्नु, आक्रमणबारे एमाले मौन रहनु र अझैसम्म आचार्यको मोबाइल र चस्मा फिर्ता नहुनु निन्दनीय र आपत्तिजनक छ,’ विज्ञप्तिमा भनिएको छ।

प्रेस सेन्टरले भौतिक आक्रमणको माध्यमबाट पत्रकारको आवाज र कलम बन्द गर्ने प्रयास नगर्न चेतावनी दिँदै घटनामा संलग्नहरूलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरेको छ। साथै, निर्वाचनको समयमा पत्रकारहरूलाई निर्बाध र सुरक्षित रूपमा काम गर्ने वातावरण निर्माण गर्न सरकारसँग जोडदार माग गरिएको छ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि