१४ फाल्गुन २०८२, बिहीबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

म काम गर्ने मान्छे हुँ, निर्वाचित भए अझ जिम्मेवार बन्छु : डा.महत

काठमाडौं । नेपाली कांग्रेसतर्फबाट नुवाकोट क्षेत्र नम्बर १ का उम्मेदवार डा.प्रकाश शरण महतले चुनावी घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् ।
नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका उनले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना एजेन्डा प्रस्तुत गरेका हुन् ।

घरदैलो कार्यक्रमका क्रममा उनले आफू पहिलो पटक प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेको उल्लेख गर्दै यसअघि ऊर्जा मन्त्री, परराष्ट्र मन्त्री र अर्थमन्त्रीका रूपमा काम गरिसकेको अनुभव सुनाए । महतले नुवाकोटमा बाँकी रहेका विद्युत् पहुँच विस्तारका काम आफूले सम्पन्न गराएको दाबी गरे ।

उनले भने, ‘म पहिलो पटक निर्वाचनमा लड्दैछु । यहाँबाट प्रत्यक्ष निर्वाचन पहिलो पटक लडे पनि म उर्जा मन्त्री भए, परराष्ट्र मन्त्री भए, अर्थमन्त्री पनि भए । बाँकी बिजुली जुन नुवकोटमा पुगेको थिएन त्यो पुर्याएको मैले हो । म अर्थमन्त्री हुँदा ठूलो ठूलो बजेटमा सिँचाई आयोजना जिर्ण भैइसकेको थियो त्यसको लागि बजेट मैले ल्याएको हो । उत्पादन सुनिश्चित गर्न, सिँचाई सुनिश्चित गर्न यो समस्या हट्यो ।’

उनले अर्थमन्त्री हुँदा जीर्ण अवस्थामा रहेका सिँचाइ आयोजनाका लागि आवश्यक बजेट विनियोजन गरेको उल्लेख गर्दै उत्पादन र सिँचाइ सुनिश्चित गर्न ती योजना प्रभावकारी बनेको बताए ।

कार्यक्रममा उनले अन्य दलले प्रतिबद्धता मात्र व्यक्त गर्ने तर आफूहरूको पार्टीले काम गरेर देखाउने दाबी गरे । ‘अरूले कुरा मात्र गर्छन्, हामी यस्तो गर्छौं उस्तो गर्छौं भन्छन्, तर नेपाली कांग्रेस काम गरेर देखाउँछ,’ उनले भने, ‘म काममा विश्वास गर्छु । निर्वाचित भएर आएपछि जनताप्रति अझ बढी जिम्मेवार भएर काम गर्नेछु र जनतालाई निराश पार्ने छैन ।’

मतदातासँग उनले आफ्ना चुनावी एजेन्डा प्रस्तुत गर्नुका साथै स्थानीय समस्याबारे सुझाव संकलन गरिरहेका छन् । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूले देशभर प्रचार–प्रसारलाई तीव्र बनाएका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि