१३ फाल्गुन २०८२, बुधबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

निर्वाचन तयारीमा आयल निगम सक्रिय : ग्यास आयात उच्च स्तरमा

काठमाडौं । आसन्न निर्वाचनलाई लक्षित गर्दै नेपाल आयल निगम ले खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्थालाई थप मजबुत बनाएको जनाएको छ। सम्भावित बढ्दो मागलाई ध्यानमा राख्दै निगमले ग्यास आयातको मात्रा उल्लेख्य रूपमा बढाएको हो।

निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्ट का अनुसार मंगलबार भारतबाट नेपालका लागि यस वर्षकै सबैभन्दा ठूलो परिमाणमा ग्यास ढुवानी गरिएको छ। Indian Oil Corporation मार्फत नेपालतर्फ ग्यास पठाइएको हो।

मंगलबार मात्र विभिन्न डिपोबाट कुल १३८ बुलेट ग्यास लोड भएको निगमले जनाएको छ, जुन करिब १ लाख ७३ हजार ८०० सिलिन्डर बराबर हुने बताइएको छ।

निगमका अनुसार बरौनीबाट ३६, मथुराबाट ३६, पारादीपबाट ४०, दुर्गापुरबाट २४ र हल्दियाबाट २ बुलेट ग्यास नेपालतर्फ पठाइएको हो।

निर्वाचन अवधिभर उपभोक्तालाई ग्यास अभाव हुन नदिन आवश्यक तयारी गरिएको निगमले जनाएको छ। निर्वाचनलाई मध्यनजर गर्दै उच्च परिमाणमा ग्यास आयात गरिरहेका छौं। आपूर्ति नियमित रहने भएकाले उपभोक्ताले ढुक्क भएर ग्यास प्रयोग गर्न सक्नुहुन्छ,” कार्यकारी निर्देशक भट्टले बताएका छन्।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि