११ फाल्गुन २०८२, सोमबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

घरदैलोबाट रविन्द्र मिश्रको उद्घोष : यस पटक जसरी पनि जित्छु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार रविन्द्र मिश्रले घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् ।
आइतबार उनले मतदाताहरुसँग प्रत्यक्ष भेटघाट गर्दै घरदैलो कार्यक्रमलाई तीव्र बनाएका हुन् ।
घरदैलो कार्यक्रमको क्रममा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले मतदाताहरुको प्रतिक्रिया सकरात्मक आइरहेको बताए ।
विगतमा अन्य पार्टीमा भोट हालेका मतदाता, अन्य पार्टीका कार्यकर्ता तथा नेताले समेत आफ्नो कार्यक्रमहरु आयोजना गरिरहेको उनले जानकारी दिए ।
उनले भने,‘यस पटक मतदाताहरुको प्रतिक्रिया एकदमै सकरात्मक छ । हुन त हरेक पार्टीकाउम्मेदवारहरुले यही भन्नुहुन्छ होला, तर यो पटक विगतमा अन्य पार्टीमा भोट हालेका मतदाता, पार्टीका कार्यकर्ता तथा नेताले समेत मेरो कार्यक्रमहरु आयोजना गरिदिनु भएको छ ।’
उनले इमानदारी र सक्षमतालाई पूरानो राजनीतिले गाँजेर अपहरण गरेर राखेको बताउँदै त्यसबाट मतदाताहरु फुस्कने प्रयास गरिरहेको बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि