७ फाल्गुन २०८२, बिहीबार
कर्णाली मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

रास्वपाले आज सुर्खेतमा चुनावी सभा गर्दै, बालेन र रविले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुर्खेत मा आज चुनावी सभा गर्दैछ ।
बिहीबार सुर्खेतको घण्टाघर चोकमा रास्वपाले ‘हामी आउँदै छौं’भन्ने नारासहित चुनावी सभा आयोजना गर्न लागेको हो ।
सभामा रास्वपाका सभापति रवि लामिछाने,रास्वपाका झापा–५ का उम्मेदवार बालेन शाह लगायतका नेताहरुले सम्बोधन गर्नेछन् ।
हिजो बुधबार रास्वपाले धनगढीमा चुनावी प्रचारप्रसारका लागि ‘हामी आयौँ परिवर्तनका लागि’ भन्ने नारासहित परिवर्तन उद्घोष सभा आयोजना गरेको थियो । सभामा बालेन शाह र सभापति रवि लामिछाने सहभागी भएका थिए ।
सुदूरपश्चिमका विभिन्न जिल्लाबाट रास्वपाका उम्मेदवार, अगुवा नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति देखिएको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि