धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज धनगढीमा चुनावी सभा आयोजना गर्ने भएको छ ।
बिहान ११ बजेदेखि हुने चुनावी सभामा रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह सहभागी हुने कार्यक्रम रहेको छ । चुनावी सभामा सहभागी हुन सभापति लामिछाने मंगलबार नै सुदूरपश्चिम पुगेका छन् ।
त्यस्तै, बालेन आज मात्रै धनगढी पुग्ने कार्यक्रम रहेको रास्वपा कैलाली क्षेत्र नम्बर–५ का प्रतिनिधिसभा उम्मेदवार आनन्द बहादुर चन्दले बताए ।
दुई नेता धनगढी आउँदा कार्यकर्ताको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ । कार्यकर्ताको चाप बढ्न सक्ने आकलनसहित प्रहरीले सुरक्षा व्यवस्थालाई पनि कडा बनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपि योगेन्द्र तिमिल्सिनाले धनगढीमा आज थप प्रहरी तैनाथ गरिएको बताए ।
‘अनुसन्धान टोली सहित थप प्रहरी धनगढी क्षेत्रमा परिचालन गरेका छौँ, तिमिल्सिनाले भने, ‘आवश्यक परे थप प्रहरी परिचालनका लागि तै नाथी अवस्थामा राखेका छौँ, सशस्त्र प्रहरी पनि पचिलान भएको छ ।’ रास्वपा सभापति लामिछाने र बालेनले दिउसो १२ बजे सभालाई सम्बोधन गर्ने कार्यपालिका रहेको छ ।







