६ फाल्गुन २०८२, बुधबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सार्वजनिक भवनको अनुगमनपछि डंगोलले भनिन् : सहयोगका लागि प्रतिवद्ध छौं

सार्वजनिक भवनको अनुगमनपछि डंगोलले भनिन् : सहयोगका लागि प्रतिवद्ध छौंकाठमाडौं । काठमाडौँ महानगरपालिकाको सम्पन्न तथा चालू योजनाहरुको अनुगमन कार्य अन्तर्गत तीनवटा भवनको अनुगमन गरेको छ ।

मंगलबार कार्यवाहक प्रमुख सुनिता डंगोलसहितको अनुगमन टोलीले बौद्धको हुम्ला लिमि सामुदायिक भवन, रामहिटीको बुद्ध समाज केन्द्र भवन र रामहिटीकै कर्म रोङ विकास समाजको भवनको अनुगमन गरेका हुन् ।

अनुगमनपछि प्रमुख डंगोलले आफ्नो गाउँ–ठाउँ र आफ्नो रहनसहनको संरक्षण गर्नको लागि यस्ता पूर्वाधारहरुले महत्वपूर्ण भूमिका खेलेको बताइन्।

उनले भनिन्,‘यस्ता भवनहरु भनेको आफ्नो आस्थालाई दर्शाउने ठाउँपनि हो । आफ्नो गाउँ ठाउँ र आफ्नो रहनसहनको संरक्षण गर्नको लागि यस्ता पूर्वाधारहरुले महत्वपूर्ण भूमिका खेलेको छ । स्थानीय वासिन्दाहरुले पनि बारम्बार घचघच्याइरहनु हुन्छ । बजेट पुगेन भन्नुहुन्छ, माग गर्नुहुन्छ । त्यसले हामीलाई थप जिम्मेवार बनाउन मद्दत पुगेको छ ।’

आवश्यक परेको खण्डमा अस्थायी संचना बनाउने कुरामा पनि आफूहरु सकारात्मक रहेको धारणा राखिन् ।
यस्ता किसिमको भवन निर्माणको काममा महानगर निरन्तर लागि रहने प्रतिबद्धता उनले जनाइन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि