५ फाल्गुन २०८२, मंगलवार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

तत्काल निर्वाचनमा खटिनुहोला, पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काम अनुसार जिम्मेवारी बढाउँदै लैजाने भन्दै नव प्रवेशी कार्यकर्ताहरुलाई आश्वास्त पारेका छन् ।
सोमबार पार्टी कार्यालय त्रिपुरेश्वरमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले तत्कालका लागि चुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी गराउन सक्रिय हुन आग्रह गर्दै जिम्मेवारीका सन्दर्भमा पछि सल्लाह गर्ने बताएका हुन् ।
‘जो जो आज उज्यालो पार्टीसँग जोडिनुभएको छ, सबैजना हाम्रा उम्मेदवारहरुलाई जिताउन लाग्नुहोला । जिम्मेवारीको सन्दर्भमा जसरी काम गर्नुहुन्छ त्यसरी नै बढ्दै जाने हो । निर्वाचनपछि महाधिवेशन हुन्छ र जिम्मेवारी तोकिने छ । तत्कालका लागि केही जिम्मेवारी चाँडै तोक्नेछौं,’ उनले भने ।
विभिन्न अन्य राजनीतिक दलहरु परित्याग गरि करिब तीन दर्जन व्यक्तिहरु सोमबार उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका थिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि