२८ माघ २०८२, बुधबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

नागार्जुनमा रास्वपा उपसभापति अर्यालको घरदैलो, स्थानीय संरचना विस्तारमा जोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद (डीपी) अर्यालले आसन्न राजनीतिक गतिविधि र संगठन सुदृढीकरणलाई लक्षित गर्दै नागार्जुन नगरपालिकामा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।

बुधबार विहान ७ बजे नागार्जुन वडा नम्बर १० को गन्तव्य गेटबाट सुरु भएको कार्यक्रम कमलेश्वर मन्दिर दर्शनसँगै अघि बढेको थियो । त्यसक्रममा अमरज्योति स्कुल, स्थानीय दूध डेरी, रामसर (दोबाटो), सिउडोल क्षेत्र, घ्याम्पेकुवा, तारकेश्वर खानेपानी, गजुरेल टोल र पार्टीचोक हुँदै वडा नम्बर ९ को आदर्श टोलमा पुगेर अभियान समापन गरिएको थियो ।

घरदैलोका क्रममा अर्यालले स्थानीय मतदातासँग भेटघाट गर्दै पार्टीका एजेन्डा, सुशासन र सेवा प्रवाहका विषयमा छलफल गरेका थिए । रास्वपाले यस कार्यक्रमलाई आगामी निर्वाचन लक्षित संगठन विस्तार र मतदाता सम्पर्क अभियानको हिस्साका रूपमा लिएको जनाएको छ ।

यसै अवसरमा अर्यालले बुढाथोकी गाउँमा नागार्जुन वडा नम्बर ९ र १० को संयुक्त वडा सम्पर्क कार्यालय उद्घाटन गरेका छन् । पार्टीले स्थानीय तहमा संगठनात्मक उपस्थिति बलियो बनाउने रणनीतिअनुसार सम्पर्क कार्यालय विस्तारलाई तीव्रता दिएको बताइएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि