२७ माघ २०८२, मंगलवार
कोशी मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

कांग्रेस सभापति थापालाई विराटनगरमा स्वागत

विराटनगर । नेपाली कांग्रेसका सभापति गगन थापालाई विराटनगर विमानस्थलमा समर्थक तथा पार्टी कार्यकर्ताले भव्य स्वागत गरेका छन् ।
सोमबार कोशी प्रदेशस्तरीय कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुन विराटनगर आइपुगेका सभापति थापालाई पार्टीका नेता–कार्यकर्ता, भातृ संगठनका प्रतिनिधि तथा समर्थकहरूले फूलमाला र नाराबाजीसहित स्वागत गरेका हुन् ।

विमानस्थलमा संक्षिप्त भेटघाटपछि थापा प्रदेशस्तरीय कार्यक्रमका लागि विराटनगरमा सहभागी हुनेछन् । त्यसपछि उनी कार्यकर्तासँग भेटघाट गर्दै सर्लाही जाने कार्यतालिका रहेको छ । कार्यक्रममार्फत संगठन सुदृढीकरण, समसामयिक राजनीतिक अवस्था र आगामी रणनीतिबारे छलफल हुने जनाइएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि