काठमाडौँ । मानवसेवा आश्रमका देशभर रहेका विभिन्न शाखाहरूले शनिबार २ जना पुरुष र ३ जना महिला गरी जम्मा ५ जनाको उद्धार गरेका छन्। त्यसैगरी आश्रमकाे धरान शाखाले शनिबार उद्धार भएकी ४७ वर्षीय मैया वि.कको पारिवारिक पुनर्मिलन गराएकाे छ ।
शनिबार आश्रमका विभिन्न शाखाहरूमा २५ वटा भोजनसेवा र १४ वटा खाजा सेवा सम्पन्न भएका छन्। सोही दिन विभिन्न अवसरमा मनकारी दाताहरूबाट प्राप्त आर्थिक सहयोगमार्फत आश्रमलाई कुल ९ लाख २६ हजार १ सय ७ रुपैयाँ सेवा योगदान प्राप्त भएको छ भने उक्त दिन आश्रमको सेवा सहजीकरणका लागि ७९ हजार १७४ रुपैयाँ खर्च भएको आश्रमले जानकारी दिएकाे छ । त्यसैगरी शनिबार देशभर रहेका आश्रमका विभिन्न शाखाहरूमा ५ सय ५ जनाले अवलोकन तथा भ्रमण गरेका छन्।
आर्थिक सहयोगसँगै खाद्यान्न, सामग्री तथा अन्य सेवा सहयोगमार्फत शनिबार आश्रमलाई १ लाख ५७ हजार ३ सय ९७ रुपैयाँ बराबरको सहयोग प्राप्त भएको छ।
मानवसेवा आश्रमले देशभर २९ शाखामार्फत सहयोगापेक्षी, बेसहारा तथा असहाय मानवहरूको उद्धार, संरक्षण, उपचार र सम्भव हुनेहरूकाे पारिवारिक पुनर्मिलन कार्य निरन्तर रूपमा गर्दै आइरहेको छ।







