२० माघ २०८२, मंगलवार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

जेनजी आन्दोलनको पाँच महिनापछि पुर्खौली घर पुगे पुर्वगृहमन्त्री लेखक

महेन्द्रनगर । पुर्वगृहमन्त्री रमेश लेखक जेनजी आन्दोलनको पाँच महिनापछि सोमबार बिहान कञ्चनपुरको बेदकोट नगरपालिका–८ मा रहेको आफनो पुर्खौली घर पुगेका छन् ।
जेनजी आन्दोलनका क्रममा गत भदौं २४ गते उहाँको पुर्खौली घर आन्दोलनकारीले आगजनी गरी पूर्णरुपमा नष्ट गरेका थिए । आसन्न प्रतिनिधीसभा सदस्यको निर्वाचनका क्रममा पार्टी उम्मेदवारको पक्षमा माहोल बनाउन गृहनगर पुगेका कांग्रेसका नेता समेत रहनु भएका पुर्वगृहमन्त्री लेखकले जलेको घरको अवस्थाबारे स्थलगत जानकारी लिए ।
लेखकको काठमाण्डौंको नैकापमा रहेको घर, बेदकोट नगरपालिका–८ मा रहेको पुर्खौली घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । भने महेन्द्रनगरस्थित बजारमा रहेको घर मर्मतसम्भार गरि उहाँ आश्रय लिइरहका थिए ।
पहिलो पटक पुर्खौली घर पुगेका नेता लेखकले स्थानीयसित साक्षात्कार समेतगरे । स्थानीयबासीले गाउँमा भइरहेको सडक पुर्वाधार लगायतका विकासका बारेमा जानकारी गराएका थिए ।
कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ बाट २०७९ सालको निर्वाचनमा जित हासिल गर्दै गृहमन्त्री बनेका लेखक यसपटक भने उम्मेदवार छैनन् । नेपाली कांग्रेसले डडेल्धुरामा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेता लेखकलाई टिकट दिएन । पार्टीले यहाँ पुर्व जिल्ला पार्टी सभापति हरिप्रसाद बोहरालाई उम्मेदवार बनाएपछि नेता लेखकले चुनावी भेटघाटलाई तिव्रता दिएका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि