२० माघ २०८२, मंगलवार
मधेश मुख्‍य समाचार राजनीति विशेष समाचार

रौतहट–४ मा बढ्यो चुनावी सरगर्मी

रौतहट । फागुन २१ गते हुने निर्वाचनको मिति नजिकिएसँगै रौतहट क्षेत्र नं. ४ मा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । उम्मेदवारहरू आफ्नो एजेन्डासहित मतदाताको घरदैलोमा पुगेपछि बस्तीहरुमा चुनावी बहस सुरु भएको छ ।
यसपटक रौतहट–४ मा ३७ जनाको उम्मेदवारी परेको छ, जसमा ३० पुरुष र ६ महिला चुनावी मैदानमा छन् । नेपाली कांग्रेसबाट देव प्रसाद तिमल्सिना, नेकपा एमालेका रामजी साह, र नेपाली कम्युनिस्ट पार्टीका रामकुमार भट्टराई बिच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश पौडेल र आम जनता पार्टीका ऋषि धमाला पनि सशक्त रूपमा घरदैलो अभियानमा व्यस्त छन् । जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी र उज्यालो नेपालका उम्मेदवारहरूले पनि आफ्नो उपस्थिति बलियो बनाउँदै मतदाता रिझाउन व्यस्त देखिन्छन् ।
उम्मेदवारहरूले विकास र समृद्धिलाई मुख्य नारा बनाएका छन् । सडक सञ्जालको विस्तार, खानेपानीको सुनिश्चितता र सुकुम्बासी समस्याको स्थायी समाधान गर्ने प्रतिवद्वता समेत मतदाता समक्ष उनीहरुले जनाएका छन । उम्मेदवारहरुले कृषिमा आधुनिकीकरण, गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षाको सुधारका एजेन्डा पनि अघि सारेका छन । उनीहरुले संविधान संशोधनको आवश्यकता औल्याउँदै भ्रष्टाचार मुक्त प्रशासन र पारदर्शी विकासको साझा प्रतिवद्धता व्यक्त गरेका छन ।
यसपटकको निर्वाचनमा ३० जना नयाँ अनुहार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । २० जना स्वतन्त्र उम्मेदवारहरूको उपस्थितिले ठुला दलहरूलाई दबाब सिर्जना गरेको छ। मतदाताहरूले पुरानै अनुहार दोहो¥याउने कि नयाँलाई अवसर दिने भन्ने विषयमा क्षेत्रभरि व्यापक चर्चा भइरहेको छ ।
निर्वाचन नजिकिँदै गर्दा दलीय झन्डा र चुनाव चिह्नले रौतहटको क्षेत्र नं. ४ रंगिएको छ । ३७ उम्मेदवारमध्ये मतदाताले कसलाई विजयी गराएर संसद् पठाउने हुन्, त्यो भने फागुन २१ को मतदानपछि मात्रै टुङ्गो लाग्नेछ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।