काठमाडौं । पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ । ग्राण्डी अस्पतालले आज विज्ञप्ति निकालेर उनको दिउँसो १२ः४५ बजे निधन भएको जानकारी दिएको हो ।
उनी अछाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहको चुनावी प्रचारमा सहभागी भइरहेका बेला एक्कासी बेहोस भएका थिए ।
बेहोस भएर ढलेपछि सिटौलालाई शुक्रबार सेनाको हेलिकप्टरमार्फत तत्काल काठमाडौं ल्याइएको थियो । त्यसपछि उनलाई काठमाडौं ग्राण्डी अस्पताल भर्ना गरिएको थियो ।
४३ वर्षीय उनी एन्यूरिज्म रप्चर (ब्रेन ह्यामरेज) बाट पीडित थिए ।







