२० माघ २०८२, मंगलवार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

वातावरण निरीक्षकको विवरण उपलब्ध गराइदिन आग्रह

काठमाडौँ, १८ माघः देशभर रहेका वातावरण निरीक्षकको विवरण उपलब्ध गराइदिन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै गाउँपालिका र नगरपालिकाहरूलाई पत्राचार गरेको छ ।

वन तथा वातावरण मन्त्रालयको आग्रहबमोजिम सङ्घीय मामिलाले सबै स्थानीय तहलाई वातावरण निरीक्षकको बारेमा जानकारी उपलब्ध गराइदिन पत्राचार गरेको हो । मुलुकभर हाल वातावरण निरीक्षक सङ्घ, प्रदेश र स्थानीय तहमा के–कति सङ्ख्यामा छन्, मुलुकका लागि आवश्यक वातावरण निरीक्षकको सङ्ख्या के–कति हो? भन्ने जानकारी उपलब्ध गराइदिन मन्त्रालयले आग्रह गरेको हो ।

उपलब्ध जनशक्तिले मुलुकको वातावरणसम्बन्धी विषयलाई सम्बोधन गर्न सकेको अवस्था छ वा छैन भन्ने विषयमा प्रदेश तथा स्थानीय तहबाट तोकिएको ढाँचामा विवरण उपलब्ध गराइदिन अनुरोध गरिएको छ । वातावरणसँग जोडिएका विषयमा आवश्यक जानकारी लिन, नियमन गर्न तथा वातावरण संरक्षणका लागि अत्यावश्यक कामका लागि वातावरण निरीक्षकको व्यवस्था गरिएको छ ।

उपलब्ध जनशक्तिले तोकिएको काम पूरा गर्न सम्भव छ कि छैन, आवश्यक पदपूर्ति गर्नुपर्ने सङ्ख्या के–कति हो लगायतका विवरण उपलबध गराइदिन सङ्घीय मामिला मन्त्रालयले पत्राचार गरेको हो । वन तथा वातावरण मन्त्रालयमातहतको वातावरण विभागले उक्त विवरणको माग गरेको हो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि