२० माघ २०८२, मंगलवार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

पशुपतिनाथमा शिवलिङ्गको दुर्लभ ‘छाया दर्शन’

काठमाडौं । पशुपतिनाथ मन्दिरमा विशेष पूजा आराधना गरी भक्तजनलाई शिवलिङ्गको दुर्लभ ‘छाया दर्शन’ गराइएको छ । उक्त दर्शनको लागि पशुपति क्षेत्रमा भक्तजनको ठूलो घुइँचो लागेको थियो ।
हिउँद सकिँदै गर्दा र सूर्य उत्तरायणतर्फ लागेर दिन न्यानो हुन थालेको सङ्केतसँगै पशुपतिनाथमा यो धार्मिक र रहस्यमयी उत्सव सम्पन्न हुने गर्दछ, जसले विज्ञान, इतिहास र अध्यात्मलाई एकै ठाउँमा उनेको विश्वास गरिन्छ ।
पशुपतिनाथका पाँच मुखमध्ये दक्षिणतर्फको अघोर स्वरूपलाई संहार र शक्तिको प्रचण्ड प्रतीक मानिन्छ । शास्त्र र जनश्रुतिअनुसार यसको तेज यति प्रखर हुन्छ कि सामान्य आँखाले सिधा हेर्न कठिन हुने भएकाले जलमा प्रतिविम्बित गराएर हेर्ने विधि बसालिएको हो ।
पशुपति मन्दिरको दक्षिणपट्टिको मझेरीमा जल भरिएको स्थानमा दिउँसोदेखि साँझको आरती अघिसम्म यो दिव्य प्रतिविम्ब गरिन्छ । यो छायाँ दर्शनको ६ महिनापछि ‘पवित्रारोपण’ हुने गर्दछ, जसले समय र ऋतुको चक्रलाई सन्तुलनमा राख्ने विश्वास गरिन्छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि