२० माघ २०८२, मंगलवार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

नेपाली कांग्रेस रामेछापले सोमबारदेखि घरदैलो अभियान थाल्ने

रामेछाप । नेपाली कांग्रेस रामेछापले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सोमबारदेखि घरदैलो अभियान सुरु गर्ने भएको छ । पार्टीले माघ १९ गतेबाट सुरु हुने प्रचारका लागि नेताहरूलाई जिम्मेवारी बाँडफाँड गर्न लागेको जनाएको छ ।
त्यसको लागि नेताहरूलाई जिम्मेवारी दिन कांग्रेस शनिबार पूर्ण बैठक आह्वान गरिसकेको छ। बैठकमा जिल्लाका सबै तहका नेता तथा कार्यकर्ताहरूलाई उपस्थित हुन पत्रमार्फत जानकारी गराइएको छ ।
पार्टीका प्रचारप्रसार संयोजक हिमाल ढुङ्गेलका अनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि माघ ६ गते पार्टीका पूर्व सभापति रामचन्द्र खड्काको उम्मेदवारी दर्ता भएपछि चुनावी रणनीति तय गर्दै घरदैलो अभियानको तयारी अन्तिम चरणमा पुगेको छ ।
‘उम्मेदवारी दर्तापछि काठमाडौंमा पार्टी कार्यकर्तासँग छलफल गरेर चुनावी रणनीति तय गरेका छौँ, अब सोमबारबाट घरदैलो अभियान थाल्ने तयारी अन्तिम चरणमा पुगेको छ ।’ ढुङ्गेलले भने ।
पार्टीले चुनावी प्रचारप्रसारलाई दुई चरणमा सञ्चालन गर्ने जनाएको छ । अनौपचारिक घरदैलो कार्यक्रम खाँडादेवी गाउँपालिकाको वडा नं ३ भिरपानीबाट सोमबारदेखि सुरु हुनेछ। औपचारिक चुनावी प्रचार अभियान भने फागुन ४ गतेदेखि लिखु तामाकोशी गाउँपालिकाको नागीबाट सुरु हुने छ ।
एक मात्र निर्वाचन क्षेत्र रहेको रामेछापमा नेपाली कांग्रेसले रामचन्द्र खड्कालाई उम्मेदवार बनाएको छ । जिल्लमा राजनीतिक दलका र स्वतन्त्र उम्मेदवारसहित कुल १७ जनाले प्रतिस्पर्धा गर्दै छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि