२० माघ २०८२, मंगलवार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार स्वास्थ्य

रवि लामिछानेको स्वास्थ्य अवस्था सामान्य

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
बुधबार त्रिवि शिक्षण अस्पतालले एक विज्ञप्ति जारी गर्दै लामिछानेको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएको हो ।
उनको नशाबाट एन्टिबायोटिक्सको माध्यमबाट उपचार भइरहेको अस्पतालले जनाएको छ ।
विज्ञप्तीमा लेखिएको छ,‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उप–प्रधान तथा गृहमन्त्री श्री रवि लामिछानेज्यूलाई यहि २०८२ माघ ५ गते जनकपुरको कार्यक्रममा देब्रे खुट्टामा चोट लागेको तथा औषधि सेवन गर्दा पनि सन्चो नभएर सेलुलाइटिस भएको कारणले २०८२÷१०÷१३ गते यस अस्पतालमा हाडजोर्नी विभाग अन्तर्गत भर्ना हुनुभएको र नशाबाट क्ष्ख् एन्टिबायोटिक्सको माध्यमबाट उपचार भईरहेको छ । उहाँको अवस्था अहिले सामान्य रहेको कुरा जानकारी गराउँदै शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।’
माघ ५ गते जनकपुरमा सम्पन्न एक कार्यक्रममा सहभागी हुने क्रममा उनको देब्रे खुट्टामा लागेको सामान्य चोट समयक्रममा बढ्दै छालाको भित्री तहमा संक्रमण (सेलुलाइटिस) देखिएपछि हिजो साँझ अस्पताल भर्ना गरिएको थियो ।
चोट आफैंमा गम्भीर नभए पनि संक्रमण फैलिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै चिकित्सकहरूको सुझावअनुसार पूर्ण उपचार तथा स्वास्थ्यमा सुधार आएपछि मात्र उनी नियमित राजनीतिक तथा सांगठनिक गतिविधिमा फर्किने उनका स्वकीय सचिव अविनाश आचार्यले जानकारी दिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि