२० माघ २०८२, मंगलवार
अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार

महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटना

काठमाडौं । महाराष्ट्रका उपमुख्यमन्त्री तथा राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) का अध्यक्ष अजित पवार चढेको विमान दुर्घटनाग्रस्त भएको छ ।
बुधबार बिहान मुम्बईबाट महाराष्ट्रको बारामती जाँदै गरेको उक्त चार्टर्ड विमान बिहान करिब ८ः४५ बजे दर्घटना भएको हो ।

अजित पवार जिल्ला परिषद् (जिल्ला परिषद्) निर्वाचनका लागि आयोजना गरिएको एक सार्वजनिक सभामा सहभागी हुन बारामती जाँदै थिए । प्रारम्भीक जानकारी अनुसार विमान दुर्घटनामा परेपनि त्यसको कारण बारे जानकारी आएको छैन् । घटनापछि अजित पवारको अवस्थाबारे कुनै क्षति नभएको प्रारम्भिक संकेत मिले पनि यसबारे विस्तृत जानकारी आउन बाँकी रहेको बताइएको छ ।

यसअघि अजित पवार मंगलबार मुम्बईमा थिए, जहाँ उनले मुख्यमन्त्री देवेन्द्र फडणवीसको अध्यक्षतामा बसेको महाराष्ट्र क्याबिनेट समिति (पूर्वाधार) को बैठकमा सहभागिता जनाएका थिए । उक्त बैठकमा महाराष्ट्रका मन्त्री चन्द्रशेखर बावनकुलेलगायत सम्बन्धित अधिकारीहरूको पनि उपस्थिति रहेको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि