२० माघ २०८२, मंगलवार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

ओली भन्छन्– पब्लिक डिबेटका लागि तयार छौँ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक बहस (पब्लिक डिबेट) का लागि आफू तयार रहेको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले चुनावी प्रतिस्पर्धालाई देश बनाउने र देश जलाउने पक्षबीचको प्रतिस्पर्धाको रूपमा चित्रण गरेका छन्।
अध्यक्ष ओलीले अहिले नयाँ र पुराना सबै दल निर्वाचनमा होमिएको उल्लेख गर्दै आफ्नो पार्टी नेकपा एमाले देश बनाउने पक्षबाट मैदानमा उत्रिएको दाबी गरेका छन्।

पछिल्लो समय सार्वजनिक बौद्धिक वृत्तबाट प्रमुख नेताहरूबीच पारदर्शी बहसको माग उठिरहेकोप्रति संकेत गर्दै उनले त्यसलाई सकारात्मक रूपमा लिएको बताएका छन्।

‘फ्रेमिङ गरेर सामाजिक सञ्जालमा ल्याइएका प्रचार सामग्री देखाएर आफ्नो वास्तविक चरित्र लुकाउने प्रवृत्ति बढेकाले पब्लिक डिबेटको माग आएको हुन सक्छ,’ ओलीले लेखेका छन्।

उनका अनुसार यसपटकको निर्वाचनमा ऐतिहासिक भूमिका खेलेका दलदेखि अघिल्लो निर्वाचनपछि खुलेका र हालै गठन भएका नयाँ दलहरू समेत प्रधानमन्त्रीको उम्मेदवार तोकेर मैदानमा उत्रिएका छन्।

देशको नेतृत्व गर्न चाहने दलहरूले अघिल्लो कार्यकालमा के काम गरे, अब के गर्ने योजना र रोडम्याप के हो भन्ने विषयमा आमनेसामने बहस हुनुपर्ने ओलीको धारणा छ ।

‘यस्ता प्रश्नहरूमा आमनेसामने बहसको माग अत्यन्त सकारात्मक छ,’ ओलीले लेखेका छन्, ‘पब्लिक डिबेटमा उभिएर हामीले के ग¥यौं र अब कसरी काम गर्छौं भन्ने एजेण्डा प्रस्तुत गर्न म तयार छु।’

उनले चुनावपछि प्रधानमन्त्रीको उम्मेदवार बनेका सबै नेतासँग सिधा प्रश्न सोध्ने र आफ्ना एजेण्डा सार्वजनिक रूपमा राख्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। साथै, यस्तो पब्लिक डिबेट आयोजना गरी सबै पक्षलाई सहभागी गराउन आयोजकहरूलाई आग्रह गरेका छन्।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि