११ माघ २०८२, आईतवार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

सामान्य सुरक्षाकर्मी हुँ, जोखिम उठाएर चुनावी मैदानमा छु : राजु पाण्डे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं क्षेत्र नम्बर ३ का उम्मेदवार राजु पाण्डेले मुलुकको परिस्थिति बिग्रिदै गएपछि त्यसलाई सुधार गर्न जोखिम लिएको बताए ।
शनिबार रास्वपाको निर्वाचन अभियान उद्घाटन तथा बृहत पार्टी प्रवेश कार्यक्रममा उनले देशको अवस्था सुधार गर्न जोखिम उठाएर एउटा सामान्य सुरक्षाकर्मीबाट प्रतिनिधि सभाको उम्मेदवार भएको बताए ।
उनले भने, ‘म एउटा सामान्य सुरक्षाकर्मी थिए, तर जब मुलुकको परिस्थिति बिग्रिदै गयो त्यसलाई सुधार गर्न मैले केही जोखिम मोल्नुपर्ने अवस्था सिर्जना भयो । मैले मैदानबाट भाग्नु भन्दा परिस्थितिको सामना गर्न तयार भए । जुन मेरो पहिचान थियो इतिहासले दिएको जिम्मेवारी र कर्तव्यलाई कुशलतापूर्वक सम्पन्न गर्न कुनै कसर बाँकी राख्ने छैन् ।’
यस्तै, उनले जनताले देशमा इमान्दारपूर्वक नियम र कानूनभित्र बसेर राज्यको लागि काम गर्ने र चिल्ला कुरा गरेर जनतालाई ढाँट्नेहरुबीच भिन्नता छुट्याउने बेला आएको बताए ।
उनले भने, ‘देशमा जसले इमान्दारपूर्वक काम गर्न चाहन्छ, नियम, कानूनभित्र बसेर राज्यको लागि काम गर्न चाहन्छ त्यो मान्छे राम्रो हो की चिल्ला कुरा गरेर जनतालाई ढाट्नेहरु राम्रो हो ? यस्तो कुरा जनताको बुझ्न जरुरी छ । देशमा लामो समयदेखि कुशासन भयो भनेर जेनजीहरुले आन्दोलन गरेर केही घण्टामै यहाँका शासकहरु भाग्न बाध्य भएका थिए । त्यो दिन हेक्का राख्न जरुरी छ । ती जेनजस्हरुको रगतले तीनलाई कहिले शान्ति दिने छैन् ।’
कुशासन र लामो समयदेखि जनतालाई झुक्काउने, ती पुराना र स्थापित भनिएका राजनीतिक दलहरुलाई जनताले मूल्यांकन गर्ने बेला आएको पनि उनको भनाई छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि