९ माघ २०८२, शुक्रबार
कोशी मुख्‍य समाचार समाचार

बुटबलबाट मानसिक रूपमा कमजाेर महिलाको उद्धार

बुटबल । मानसिक रूपमा विक्षिप्त भई बेवारिसे बनेकी एक जना महिलालाई बुधबार मानवसेवा आश्रम बुटबल शाखाले उद्धार गरेको छ।

बुटबल उपमहानगरपालिका–७, दिपनगरस्थित सडकपेटीमा अलपत्र अवस्थामा फेला परेपछि अन्दाजी ७० वर्षीया मुना मानवलाई उद्धार गरी हाल बुटबल शाखाको संरक्षणमा राखिएको आश्रमले जनाएको छ।

मानसिक रूपमा कमजोर अवस्थामै रहनुभएकी उहाँको आवश्यक उपचार, हेरचाह तथा सेवा व्यवस्थापनको जिम्मेवारी आश्रमले लिएको छ। हालसम्म उहाँको पारिवारिक पृष्ठभूमि खुल्न नसकेको जनाउँदै आश्रमले उहाँलाई चिन्ने आफन्तजन वा परिवारका सदस्यहरूलाई सम्पर्कमा आई पारिवारिक पुनर्मिलनमा सहयोग गरिदिन अनुरोध गरेको छ।

मानवसेवा आश्रमले आफ्ना लागि आफैँ केही गर्न नसक्ने अवस्थामा रहेका सहयोगापेक्षी, बेसहारा तथा असहाय व्यक्तिहरूको सारथी बनेर हाल देशका २१ जिल्लामा सञ्चालित २९ वटा शाखामार्फत उद्धार, उपचार, पालनपोषण तथा पारिवारिक पुनर्मिलन सेवा निरन्तर रूपमा प्रदान गर्दै आइरहेको छ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि