९ माघ २०८२, शुक्रबार
गण्डकी मुख्‍य समाचार समाचार समाज

वार्षिकोत्सवकाे अवसरमा उपकार बचत तथा ऋण सहकारी संस्थाद्वारा आश्रमलाई ५० हजार प्रदान

पोखरा । पोखरा महानगरपालिका–६ मा अवस्थित उपकार बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १७औँ वार्षिकोत्सव मानवसेवा आश्रम हेम्जा शाखामा मनाएको छ। वार्षिकोत्सवको अवसरमा संस्थाले आश्रममा आश्रित व्यक्तिहरूका लागि बिहानको भोजनसेवा प्रदान गरेको हो।

वार्षिकोत्सवलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै संस्थाले आश्रममा आश्रितहरूको भोजनसेवाका लागि ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको जानकारी दिएकाे छ ।

मानवता, सेवा र सहकार्यको भावनाअनुरूप गरिएको उक्त सहयोगले आश्रममा आश्रित असहाय, बेसहारा तथा विपन्न व्यक्तिहरूलाई राहत पुगेको छ। सहयोगप्रति मानवसेवा आश्रम हेम्जा शाखाले उपकार बचत तथा ऋण सहकारी संस्थाप्रति मानवीय सेवामा पुर्‍याएको योगदानको कदर गर्दै आभार व्यक्त गरेको छ।

मानवसेवा आश्रमले तीनै तहका सरकार तथा देश–विदेशमा रहनुभएका नेपाली मनकारी दाताहरूको सहयोगबाट देशभर २९ वटा शाखा विस्तार गरी निरन्तर सेवा सञ्चालन गर्दै आइरहेको छ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि