९ माघ २०८२, शुक्रबार
गण्डकी मुख्‍य समाचार समाचार

लामाखेतमा धमाधम नदी नियन्त्रणको काम हुँदै

म्याग्दी, ८ माघः लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ । पोखरास्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले नदी कटान नियन्त्रणको काम थालेको हो ।

कुश्मा नगरपालिका–४ स्थित अर्मादी र जलजला गाउँपालिकाको लामाखेतमा १२९ मिटर लामो कम्पोजिट प्रविधिको पर्खाल निर्माणका लागि रु दुई करोड ९६ लाख ३४ हजार ८३७ मा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको आयोजना कार्यालयका इन्जिनियर नरजङ गुरुङले राससलाई बताए ।

चालुु आर्थिक वर्षभित्र कम्पोजिट पर्खाल निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको बताउँदै उनले चालु आवमा लामाखेतसहित कालीगण्डकीको कटान जोखिममा रहेका पर्वत र मुस्ताङका छ स्थानमा नदी नियन्त्रण आयोजना कार्यान्वयन भइरहेका जानकारी दिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि