९ माघ २०८२, शुक्रबार
कोशी मुख्‍य समाचार समाचार

कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर, ७ माघः षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको अभावमा काकाकुल बनेको छ । लामो समयदेखि बस्तीका ५० परिवार पानीको समस्याले पीडित भएका हुन् ।

पानी अभावका कारण स्थानीयलाई बिहानबेलुका पानीको जोहो गर्न घण्टौँ खर्चिनुपर्ने बाध्यता छ भने पर्याप्त पानी नहुँदा सरसफाइ र स्वास्थ्यमासमेत असर परेको छ ।

बस्तीका कृष्णबहादुर कुमालका अनुसार पानीका लागि धेरै समय बिताउनु परेकाले कृषि, मजदुरी लगायत अन्य काम प्रभावित भएका छन् । हिउँदमा समस्या अझ बढी हुने गरेको छ । पानीको अभावमा महिला, बालबालिका र वृद्धवृद्धालाई बढी प्रभावित भएका छन् ।

कुमाल बस्तीको समस्या समाधानको प्रयासमा आफूहरु क्रियाशील रहेको षडानन्द नगरपालिका–६ का वडाध्यक्ष सुमन विसुन्केले बताए ।त्यहाँ पानी व्यवस्थापनका लागि रु सात लाख ५० हजार बजेट विनियोजन भएको जानकारी उनले दिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि