९ माघ २०८२, शुक्रबार
मुख्‍य समाचार राजनीति समाचार समाज सुदूरपश्चिम

बाजुरामा स्वतन्त्रसहित सात दलको उम्मेदवारी

बाजुरा, ७ माघः आसन्न फाुगन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाजुराबाट एक स्वतन्त्रसहित सात दलले उम्मेदवारी दर्ता गराएका छन् ।

मङ्गलबार भएको मनोनयन दर्तामा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, प्रगतिशिल लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिष्ट पार्टी माओवादी र एक स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृत सञ्जिव पोखरेलका अनुसार नेपाली कांग्रेसबाट जनकराज गिरी, नेकपा एमालेबाट लालबहादुर थापा र नेपाली कम्युनिष्ट पार्टीबाट प्रकाशबहादुर शाहले मनोनयन दर्ता गराएका हुन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट केशरबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हेमराज थापा र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाहीले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत पोखरेलले बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि