काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको छ ।
आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि (आज (सोमबार) बिहान १२ बजेदेखि आचारसंहिता लागू गरेको हो ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिता, २०८२ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको आयोगले जनाएको छ ।
आयोगबाट अर्को सूचना प्रकाशन नभएसम्म विभिन्न निकाय र त्यसमा कार्यरत व्यक्तिलाई आचारसंहिता लागू हुनेछ ।
आयोगका अनुसार नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र सो निकायका पदाधिकारी र नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारीलाई आचारसंहिता लाग्नेछ ।
साथै, स्थानीय कार्यपालिका र सोका सदस्य, सङ्घ प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठनलाई आचारसंहिता लाग्नेछ ।
यस्तै, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, राजनीतिक दल तथा उम्मेदवारको निर्वाचन प्रतिनिधि, मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि, सार्वजनिक पद धारणा गरेको व्यक्ति, अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ता, मतदाता, विकास साझेदार संस्था, सरकारी तथा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारीलाई आचारसंहिता लाग्ने आयोगले जनाएको छ ।
थप समाचारहरु
राईको निधनप्रति माओवादी केन्द्रद्वारा दुःख व्यक्त
सञ्चारमन्त्रीद्वारा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक
संसद् सेवामा सचिवहरु टपक्क टिपेर ल्याउनु गलत हो : अध्यक्ष बेल्बासे
प्रधानन्यायाधीश,सञ्चारमन्त्री र एमाले उपाध्यक्षद्वारा अर्थमन्त्रीको स्वास्थ्यस्थितिबारे जानकारी
भक्तपुर बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका पुकार पराजुली विजयी
युवालाई देशमै रोक्न शिक्षा र रोजगारीमा सुधार आवश्यक : सुमना श्रेष्ठ

