२१ माघ २०८२, बुधबार
बागमती मुख्‍य समाचार समाचार

समावेशी, लोकतान्त्रिक, नैतिक तथा वैकल्पिक राजनीतिक शक्तिबीच सहकार्य

काठमाडौं । पिपुल्स फष्र्ट पार्टी, समावेशी–समाजवादी पार्टी र समावेशी, लोकतान्त्रिक, नैतिक तथा वैकल्पिक राजनीतिक सहकार्य मञ्चबीच सहकार्य गर्ने सहमति भएको छ ।

आसन्न आम निर्वाचन लगायत भविष्यका सबै राजनीतिक सहकार्य गर्ने उद्देश्यले सहमति बनेको हो । ‘बेथिति र विभेद दुवै प्रकारका समस्याविरुद्ध स्वाभिमान र समृद्धि, सुशासन र स्वशासनको लडाइँ एकसाथ लड्नेछ। आदिवासी, जनजाति, मधेसी, थारू, मुस्लिम, दलित, महिला, पिछडिएको क्षेत्र, लैङ्गिक तथा यौनिक अल्पसंख्यक, अपाङ्गता तथा अन्य अल्पसंख्यक तथा सीमान्तकृत समुदायहरूको सवाल र संघर्षलाई आत्मसात् गर्दै राज्य प्रक्रियामा समायोजन र सम्बोधनका लागि आवश्यक कार्य गर्नेछ, विज्ञप्तिमा भनिएको छ ।

‘समान विचार र एजेण्डा भएका सबै दल, समूह, अभियान, अभियानकर्ता व्यक्ति तथा व्यक्तित्वहरूको साझा र खुला मञ्च हो। यथास्थितिवाद र प्रियतावाद दुवै प्रवृत्तिसँग असहमत, पूर्ण समानुपातिक–समावेशी, उन्नत लोकतान्त्रिक, स्वच्छ–नैतिक राजनीतिका पक्षधर सबै वैकल्पिक तथा अग्रगामी दल, समूह र शक्तिलाई सहकार्यका लागि विनम्रतापूर्वक हार्दिक आह्वान गर्दछौँ, विज्ञप्तिमा उल्लेख छ ।

समझदारी पत्रमा पिपुल्स फष्र्ट पार्टीका संयोजक प्रशान्त सिंह, समावेशी–समाजवादी पार्टीको अध्यक्ष नुमा लिम्बु र दलित गोलमेच सम्मेलनका डा. निर्मल विश्वकर्माले हस्ताक्षर गरेका छन् ।

समावेशी, लोकतान्त्रिक, नैतिक तथा वैकल्पिक राजनीतिक सहकार्य मञ्चको संयुक्त विज्ञप्ति
साथीहरू,
आज राष्ट्रिय राजनीतिलाई कृत्रिम, बनावटी र अप्राकृतिक तवरले “पुरानो” र “नयाँ” को नाममा यथास्थितिवाद र प्रियतावाद, “भ्रष्ट” र “ठग” बीच ध्रुवीकरण गराउने षड्यन्त्र भइरहेको छ। यी दुवै प्रवृत्तिहरू जन आकांक्षाको सही मार्गदर्शन र संवाहक होइनन्। देशको दीर्घकालीन भविष्य, उन्नत, गतिशील, नैतिक, सभ्य र संस्कृत लोकतन्त्र, समानुपातिक–समावेशिता, सामाजिक न्याय, सुशासन र समृद्धिका लागि यी प्रवृत्तिहरू उपयोगी हुन सक्दैनन्।

भदौ २३–२४ गतेको जनआन्दोलनरजनविद्रोहको उद्देश्य, मर्म र भावना विगत तीन दशकभन्दा बढी समयदेखि मौलाएको यथास्थितिवाद, विसङ्गति र पतनका संरचनागत, कानुनी तथा संवैधानिक उपचार खोज्नु थियो। दलतन्त्र, नेतातन्त्र, गुटतन्त्र, अल्पतन्त्र, बिचौलियातन्त्र र सिण्डिकेटतन्त्र जस्ता लोकतान्त्रिक विचलन र क्षयीकरणविरुद्ध नागरिकतन्त्रको स्थापना गर्दै दलीय प्रणालीलाई सुधार गर्नु, सबै प्रकारका विभेद, बेथिति, कुशासन, भ्रष्टाचार, शोषण, गरिबी र अल्पविकासको अन्त्य गर्दै पूर्ण समानुपातिक–समावेशी, उन्नत लोकतान्त्रिक, गतिशील नेतृत्व र नैतिक मूल्य प्रणालीमा आधारित राजनीति निर्माण गर्नु नै आन्दोलनको लक्ष्य थियो। यथास्थितिवाद वा प्रियतावाद मार्फत राजनीतिक स्वार्थ सिद्धितर्फ लाग्ने हो भने भविष्यमा देश थप सङ्कटमा पर्ने निश्चित छ।

उपरोक्त यथार्थलाई मध्यनजर गर्दै हामी तपसिल बमोजिमका राजनीतिक दल, समूह र अभियानस् समावेशी ९क्ष्लअगिकष्खभ०, उन्नत लोकतान्त्रिक ९म्झयअचबतष्अ०, नैतिक ९भ्तजष्अब०ि र वैकल्पिक ९ब्तिभचलबतष्खभ० राजनीतिका लागि सहकार्य मञ्च—क्ष्म्भ्ब्—निर्माणको घोषणा गर्दछौँ। आसन्न आम निर्वाचन लगायत भविष्यका सबै राजनीतिक सहकार्य यसै मञ्चमार्फत गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ।

यो मञ्चले बेथिति र विभेद दुवै प्रकारका समस्याविरुद्ध स्वाभिमान र समृद्धि, सुशासन र स्वशासनको लडाइँ एकसाथ लड्नेछ। आदिवासी, जनजाति, मधेसी, थारू, मुस्लिम, दलित, महिला, पिछडिएको क्षेत्र, लैङ्गिक तथा यौनिक अल्पसंख्यक, अपाङ्गता तथा अन्य अल्पसंख्यक तथा सीमान्तकृत समुदायहरूको सवाल र संघर्षलाई आत्मसात् गर्दै राज्य प्रक्रियामा समायोजन र सम्बोधनका लागि आवश्यक कार्य गर्नेछ।

साथै, यो मञ्चले गरिबी, बेरोजगारी, अल्पविकास, शोषण, वित्तीय ठगी, आर्थिक अनुशासनहीनता, अवैध सम्पत्ति आर्जन, सम्पत्ति शुद्धीकरण, भ्रष्टाचार, प्राकृतिक स्रोतको असमान वितरण र अवाञ्छित दोहन तथा कुशासन जस्ता समस्याविरुद्ध निर्मम संघर्ष गर्नेछ। विगत दशकहरूका सबै भ्रष्टाचार, ठगी र अवैध सम्पत्ति आर्जनका प्रकरणहरूको छानबिनका लागि नागरिक आयोग गठनको जोडदार माग गर्दछौँ।

निर्वाचन प्रणाली, शासकीय स्वरूप, प्रशासनिक संरचना तथा दलीय प्रणालीको पारदर्शिता र प्रभावकारिता सुनिश्चित गर्न संवैधानिक तथा कानुनी सुधारको पैरवी गर्नेछौँ। विदेशमा रहेका तथा अपाएक भएका मतदाताको मतदानको व्यवस्था, मतपत्रमा अस्वीकारको अधिकार ९ल्इत्ब्०, उम्मेदवार छनोटका लागि अनिवार्य प्रारम्भिक निर्वाचन ९एचष्mबचथ०, निर्वाचन खर्च सीमाको प्रभावकारी अनुगमन संयन्त्र, राजनीतिक दलहरूलाई न्यूनतम स्टेट फन्डिङ, निर्वाचन खर्चका लागि साझा पब्लिक फन्डिङ, अपारदर्शी चन्दा तथा निर्वाचन खर्च सङ्कलनमा प्रतिबन्ध जस्ता व्यवस्था आसन्न निर्वाचन अघि नै लागू गर्न माग गर्दछौँ।

यो मञ्च समान विचार र एजेण्डा भएका सबै दल, समूह, अभियान, अभियानकर्ता व्यक्ति तथा व्यक्तित्वहरूको साझा र खुला मञ्च हो। यथास्थितिवाद र प्रियतावाद दुवै प्रवृत्तिसँग असहमत, पूर्ण समानुपातिक–समावेशी, उन्नत लोकतान्त्रिक, स्वच्छ–नैतिक राजनीतिका पक्षधर सबै वैकल्पिक तथा अग्रगामी दल, समूह र शक्तिलाई सहकार्यका लागि विनम्रतापूर्वक हार्दिक आह्वान गर्दछौँ।

 

प्रशान्त सिंह
संयोजक,पिपुल्स फर्ष्ट पार्टी
नुमा लिम्बु, अध्यक्ष,
समावेशी–समाजवादी पार्टी,
डा। निर्मल विश्वकर्मा,
दलित गोलमेच सम्मेलन,

मिति–२०८२ माघ २ गते, काठमाडौं।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि