१६ चैत्र २०८२, सोमबार
बागमती मुख्‍य समाचार समाचार समाज

बिहीबार मानवसेवा आश्रमद्वारा ३ जना सडकमानवको उद्धार

काठमाडौँ । मानवसेवा आश्रमले खुला सडकपेटी तथा सार्वजनिक स्थलमा बेवारिसे अवस्थामा रहेका २ पुरुष र १ महिला गरी ३ जना सडकआश्रित व्यक्तिको उद्धार गरेको छ। उद्धार सेवाअन्तर्गत बिहीबार काठमाडौँस्थित रानीवन शाखाले २ जना र पोखराको हेम्जा शाखाले १ जना बेवारिसे व्यक्तिको उद्धार गर्न सफल भएका हुन्। उद्धारपश्चात आश्रमले उनीहरूलाई संरक्षण, उपचारसँगै आवश्यक सेवाको व्यवस्था गरेको छ।

माघे संक्रान्तिको अवसरमा आश्रमका विभिन्न शाखामा आश्रितहरूको सेवा सहजीकरणका लागि सहयोगी दाताहरूबाट उल्लेखनीय सहयोग प्राप्त भएको छ। बिहीबार १ करोड १५ लाख १८ हजार ९ सय ५२ रुपैयाँ बराबरको सेवा योगदान प्राप्त भएको छ भने आश्रितहरूको सेवा व्यवस्थापनमा ७१ हजार ८ सय ८ रुपैयाँ खर्च गरिएकाे मानवसेवा आश्रमले जनाएकाे छ

त्यसैगरी बिहानी र बेलुकी गरी आश्रमका विभिन्न शाखाहरूमा ४६ वटा भोजन सेवा तथा १७ वटा खाजा सेवा सम्पन्न भएका छन्। सोही दिन ५ सय ८२ जनाले आश्रमका विभिन्न शाखाको अवलोकन गरेका छन् भने ३ लाख ८३ हजार ८ सय ६ रुपैयाँ बराबरकाे जिन्सी सामग्री सहयोग प्राप्त भएकाे छ ।

मानवसेवा आश्रमले आफैँका लागि आफैँ केही गर्न नसक्ने अवस्थामा रहेका व्यक्तिहरूको सारथी बनेर हाल देशका २१ जिल्लामा २९ वटा शाखामार्फत सडकआश्रित व्यक्तिहरूको उद्धार, उपचार, संरक्षण र पारिवारिक पुनर्मिलन सेवा निरन्तर रूपमा प्रदान गर्दै आएको छ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि