२१ माघ २०८२, बुधबार
बागमती मुख्‍य समाचार समाचार

‘जगदीश घिमिरे स्मृति पुरस्कार’मीना र पवनलाई

काठमाडौं । जगदीश घिमिरे प्रतिष्ठानले ‘जगदीश घिमिरे स्मृति पुरस्कार’ यस वर्ष दुई जना साहित्यकारलाई प्रदान गर्ने भएको छ ।
प्रतिष्ठानले यस वर्षको पुरस्कार वितरण समारोह मन्थली नगरपालिकाको समन्वयमा आगामी माघ ३ गते आयोजना गर्ने भएको छ ।
प्रतिष्ठानले नेपाली साहित्यका शिखर पुरुष स्वर्गीय जगदीश घिमिरेको स्मृतिमा स्थापित ‘जगदीश घिमिरे स्मृति पुरस्कार’ हरेक वर्ष नगद ५१ हजारको पुरस्कार राशी सहित एक जना सहित्यकारलाई प्रदान गरिदैँ आएको छ ।
यसपाली २०८१ को पुरस्कार साहित्यकार मीना चौलागाईं र २०८२ सालको पुरस्कार पवन आलोकलाई प्रदान गर्ने जानकारी प्रतिष्ठानले गराएको छ । यसैगरी, कार्यक्रममा देशका विभिन्न स्थानबाट आएका स्रष्टाहरूको सहभागितामा साहित्यिक गोष्ठी समेत हुनेछ ।
प्रतिष्ठानले मन्थली नगरपालिका वडा नं. १ भित्रका माध्यमिक विद्यालयहरूबीच वक्तृत्वकला प्रतियोगिताको पनि आयोजना गरेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि