१६ चैत्र २०८२, सोमबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

समावेशी विकास नै दिगो विकास हो भन्नेमा सरकार दृढ छ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले माघे सङ्क्रान्ति जस्ता मौलिक चाडपर्वहरु देशको सभ्यता,संस्कृति र पहिचानमा अमूल्य सम्पदा रहेको बताएकी छिन् ।

बिहीबार काठमाडौंको टुँडिखेलमा मगर संघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले बिविधता र बहुल्यताबीचको एकताले नै हाम्रो नेपाल राष्ट्रलाई समृद्ध शसक्त बनाएको बताइन् ।

उनले भनिन्,‘माघे सङ्क्रान्ति जस्ता मौलिक चाडपर्वहरु हाम्रो सभ्यता संस्कृति र पहिचानमा अमूल्य सम्पदा हुन् । बिविधता र बहुलताबीचको एकताले नै नेपाल राष्ट्रलाई समृद्ध वा शसक्त बनाएको छ । हाम्रो मौलिक संस्कृति र चाडपर्व र पहिचानमा हामी सबैले गर्भ गर्नुपर्छ । प्रवद्र्धन र संवद्र्धन गर्न आवश्यक छ ।’

त्यस्तै उनले समावेशी विकास नै दिगो विकास हो भन्ने मान्यतामा सरकार दृढ रहेको बताइन् । वर्तमान मुलुकको विशिष्ट परिस्थितिमा सबैबीच अझ बढी एकता सहकार्य र आपसी विश्वासको खाँचो रहेको उनको भनाई छ ।

‘वर्तमान मुलुकको विशिष्ट परिस्थितिमा हामीबीच अझ बढी एकता सहकार्य र आपसी विश्वासको खाँचो छ । समावेशी विकास नै दिगो विकास हो भन्ने मान्यतामा सरकार दृढ छ’ उनले भनिन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि