काठमाडौँ । सहयोगापेक्षी सडकआश्रित व्यक्तिहरूको उद्धार तथा पारिवारिक पुनर्मिलनमा सक्रिय मानवसेवा आश्रमले पुष महिनाभरि १ सय ७३ जनाकाे उद्धार र ५३ जना आश्रितकाे सुखद् पारिवारिक पुनर्मिलन गराएकाे छ । उद्धार हुनेमा १ सय २० पुरुष र ५३ महिला रहेका छन्।
देशभरका शाखाहरूमध्ये सबैभन्दा बढी काठमाडौँको रानीवन शाखाले ३२ जनाको उद्धार गरेको छ भने तिलोत्तमाले २०, चितवनले १५, दाङले १४, झापाले ९, पर्साले ८ र सुनसरी ७ जना बेवारिसे व्यक्तिहरूकाे उद्धार गरेका हुन् ।
साे अवधिमा आश्रमले ५३ जना आश्रितको पारिवारिक पुनर्मिलन गराएकाे छ । विभिन्न सयममा उद्धार भइ स्वास्थ्य अवस्था सामान्य भएका र पारिवारिक पुनर्मिलन सम्भव भएकाहरूको परिवार खोजी गरी आश्रमले आवश्यक प्रक्रिया पूरा गरी पारिवारिक पुनर्मिलन गरिरहेको छ।
आश्रमले स्थापनाकालदेखि हालसम्म १३ हजारभन्दा बढी सडकआश्रितकाे उद्धार र ५ हजारभन्दा बढीको पारिवारिक पुनर्मिलन गरिसकेको छ। हाल देशभरका शाखाहरूमा २ हजार २६ जना व्यक्तिहरूले सम्मानजनक जीवन बिताइरहेका छन्।
आश्रमले दाता र सरकारको सहयोगमा आफ्नो सेवा विस्तार गर्दै सडकआश्रितको उद्धार, उपचार, पालनपोषण र पारिवारिक पुनर्मिलन सेवा सुनिश्चित गर्दै आइरहेकाे छ।







