१ माघ २०८२, बिहीबार
बागमती मुख्‍य समाचार राजनीति समाचार

आश्रम बसाइकाे ४ दिनपछि  प्रेमबहादुर कुमालकाे पारिवारिक पुनर्मिलन

चितवन । मानवसेवा आश्रम शाखा कार्यालय चितवनले उद्धारको चार दिनमै एक जना आश्रितको सफल पारिवारिक पुनर्मिलन गराउन सफल भएको छ, जसले आश्रमको सक्रियता र प्रभावकारी समन्वय क्षमतालाई उजागर गरेको छ।
गैडाकोट नगरपालिका–१ स्थायी घर हुनुभएका ६५ वर्षीय प्रेमबहादुर कुमाललाई केही दिनअघि सडकपेटीमा बेवारिसे अवस्थामा फेला परेपछि आश्रमले उद्धार गरी संरक्षणमा राखेको थियो। उद्धारको छोटो समयमै उहाँको परिवार आश्रमको सम्पर्कमा आएपछि आवश्यक प्रकृिया पूरा गरी आश्रमले उहाँलाई छोराको जिम्मा लगाएको हाे ।

यसैबीच बुधबार मानवसेवा आश्रम चितवन शाखामा आश्रितहरूको नियमित मानसिक स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ। आश्रममा आश्रितहरूको मानसिक स्वास्थ्य सुदृढीकरणका लागि प्रत्येक १५–१५ दिनमा नियमित रूपमा मानसिक स्वास्थ्य परीक्षण तथा परामर्श सेवा सञ्चालन हुँदै आएको छ।

जसबाट मानसिक समस्याबाट बढी प्रभावित २० जना आश्रितहरूले मानसिक स्वास्थ्य सेवाको प्रत्यक्ष लाभ लिनुभएकाे छ। परीक्षण तथा परामर्श सेवाको सहजीकरण डा. सिर्जना भुर्तेल तथा नेपाल मानसिक स्वास्थ्य प्रतिष्ठान टोलीले गरेको हो।

शारीरिक स्वास्थ्यसँगै मानसिक स्वास्थ्यलाई  प्राथमिकतामा राख्दै मानवसेवा आश्रमले आश्रितहरूको दीर्घकालीन पुनःस्थापना र सम्मानजनक जीवन सुनिश्चित गर्न नियमित रूपमा सेवा सञ्चालन गर्दै आएको चितवन जिल्ला संयोजक आरती ऐरले जानकारी दिनुभयाे।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि