१ माघ २०८२, बिहीबार
बागमती मुख्‍य समाचार समाचार

बुधबार मानवसेवा आश्रममालाई ८ लाख ४१ हजार ५ सय ३० रुपैयाँ सेवा याेगदान प्राप्त

काठमाडौँ । मानवसेवा आश्रमले देशभर सञ्चालन गरेका शाखामार्फत बुधबार ३४ वटा भोजनसेवा र ४ वटा खाजासेवा सम्पन्न गरेको छ। विभिन्न अवसरमा मनकारी दाताहरूबाट प्राप्त सहयोगले आश्रममा आश्रितहरूको दैनिक सेवा, संरक्षण र व्यवस्थापनमा सहयोग पुगिरहेको छ ।

उद्धार तथा पुनर्मिलनका गतिविधिअन्तर्गत बुधबार मानवसेवा आश्रम वीरगञ्ज शाखाले १ जना बेवारिसे सडकआश्रित मानवको उद्धार गरेको छ। साथै आश्रमको सक्रिय पहलमा विराटनगर, तिलोत्तमा र चितवन शाखामार्फत ३ जना आश्रितहरूको सफल पारिवारिक पुनर्मिलन भएको छ।

वर्षौदेखि घरपरिवार हुँदाहुँदै पनि मानसिक, सामाजिक तथा आर्थिक कारणले सम्पर्कविहीन बनेका व्यक्तिहरूले मानवसेवा आश्रमको संरक्षण र निरन्तर प्रयासका कारण पुनः परिवारको न्यानो काखमा फर्किने अवसर पाउने गरेका छन्। आश्रमले सडकआश्रित तथा असहाय व्यक्तिहरूको उद्धार, उपचार, संरक्षण र सम्भव हुनेहरूको पारिवारिक पुनर्मिलनलाई आफ्नो प्रमुख मानवीय अभियानका रूपमा सेवा अघि बढाउँदै आएको छ।

बिहीबार मानवसेवा आश्रममालाई ८ लाख ४१ हजार ५ सय ३० रुपैयाँ बराबरकाे सेवा याेगदान प्राप्त भएको छ भने सोही दिन आश्रितहरूको सेवा व्यवस्थापनमा ७ लाख ५ सय ९४ रुपैयाँ खर्च आश्रमले जनाएको छ। त्यसैगरी सोही दिन ३ सय ५८ जनाले देशभरका विभिन्न शाखाहरूको अवलोकन भ्रमण गरेका छन् भने २ लाख १ हजार ४ सय ४० रुपैयाँ बराबरको जिन्सी सामग्री सहयोग प्राप्त भएको छ।

आश्रमले देश तथा विदेशमा रहनुभएका नेपाली मनकारी दाता र तीनै तहका सरकारकाे सहयाेग मार्फत सेवालाई निरन्तरता दिइरहेकाे छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि