१ माघ २०८२, बिहीबार
मुख्‍य समाचार समाचार सुदूरपश्चिम

मानवसेवा आश्रम धनगढी शाखाको सामाजिक लेखा परीक्षण सम्पन्न

धनगढी। मानवसेवा आश्रम शाखा कार्यालय धनगढीले आर्थिक वर्ष २०८१/८२ को आय–व्यय विवरण तथा प्रगति प्रतिवेदन सार्वजनिक गर्दै सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको छ। मंगलबार धनगढी शाखाको प्राङ्गणमा सम्पन्न कार्यक्रममा विभिन्न सरकारी निकायका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, सहयोगी दाता, आश्रमका अभिभावक तथा सञ्चारकर्मी लगायतकाे उपस्थिति रहेको थियो।

सार्वजनिक गरिएको विवरणअनुसार चालु तर्फ कुल सेवा योगदान १ करोड १ लाख ६२ हजार ९० रुपैयाँ रहेकाे छ भने सेवा खर्च  १ करोड १७ लाख १५ हजार ३ सय ३९ रुपैयाँ रहेको छ। त्यस्तै पुँजीगत तर्फ ८२ लाख १० हजार ५ सय ९९ रुपैयाँ आम्दानी भएकाे छ भने ५२ लाख ४० हजार ९ सय रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएकाे छ ।

शाखाको अक्षयकोषमा हाल  १४ लाख ६२ हजार २ सय ४४ रुपैयाँ रहेको छ भने बैंक तथा नगद गरी कुल ४५ लाख ७४ हजार ५ रुपैयाँ मौज्दात रहेको विवरण उल्लेख छ ।

मानवसेवा आश्रम धनगढी शाखाले वि.सं २०७६ वैशाख ३१ गतेदेखि सेवा शुभारम्भ गरेको हो। शाखाले सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा रहेका सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार, संरक्षण, उपचार, पारिवारिक पुनर्मिलन सेवा निरन्तर रूपमा गर्दै आइरहेकाे छ ।

आश्रमले स्थापना कालदेखि नै मानवता, करुणा र सेवाको भावनालाई केन्द्रमा राखी सेवा प्रदान गर्दै चालु आर्थिक वर्षमा ७० जनाको उद्धार र २० जनाको पारिवारिक पुनर्मिलन सम्पन्न गरिसकेकाे छ । हाल शाखामा १३ महिला र ४० पुरूष गरी ५३ जना आश्रितहरू संरक्षणमा रहनुभएको छ।

आश्रमले सामाजिक परीक्षण कार्यक्रममार्फत आर्थिक पारदर्शिता, उत्तरदायित्व र सुशासनप्रतिको प्रतिबद्धता पुनः पुष्टि गर्दै आश्रमलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउनु हुने सम्पूर्ण दाता, शुभेच्छुक तथा सरोकारवाला निकायहरूप्रति आभार व्यक्त गरेको छ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि