१ माघ २०८२, बिहीबार
बागमती मुख्‍य समाचार समाचार

हराएका बुवा जब मानवसेवा आश्रममा भेटिए

भक्तपुर। साेमबार मध्यपुरठिमी नगरपालिका–१, मनहरा क्षेत्रबाट उद्धार गरिएका ८२ वर्षीय सुन्दरप्रसाद रिमालकाे मंगलबार मानवसेवा अाश्रम भक्तपुर शाखाले पारिवारिक पुनर्मिलन गरेकाे छ ।

सडकपेटीमा साँझ करिब ५ः३० बजे अलपत्र अवस्थामा रहनुभएका उहाँलाई प्रहरी वृत्त ठिमीको टोलीले उद्धार गरी मानवसेवा आश्रम भक्तपुर शाखामा संरक्षणकाे लागि ल्याएकाे थियाे ।

बुढ्यौली उमेर सँगै बिर्सिने समस्या देखिएकाले उहाँले आफ्नो पारिवारिक पृष्ठभूमि खुलाउन नसक्दा पारिवारिक पुनर्मिलनमा समस्या परेकाे थियाे ।

उद्धार पश्चात मानवसेवा आश्रम भक्तपुर शाखाले उहाँको पारिवारिक पुनर्मिलनका लागि भिडियोमार्फत परिवार खोजी कार्य सुरु गरेको थियो।

सामाजिक सञ्जालमा उक्त भिडियो सार्वजनिक भएपछि उहाँकाे परिवारजन आश्रमको सम्पर्कमा आएकाे थियाे। आवश्यक प्रक्रिया पूरा गरी मानवसेवा आश्रमले उहाँलाई सुरक्षित रूपमा परिवारको जिम्मा लगाएको छ।

पुनर्मिलनपछि खुसी व्यक्त गर्दै उहाँका परिवारजनले मानवसेवा आश्रम भक्तपुर शाखाप्रति आभार व्यक्त गर्नुभएकाे छ साथै, शाखाको सेवा सहजीकरणका लागि ५ हजार सहयोग समेत प्रदान गर्नुभएकाे हाे र

मानवसेवा आश्रमले आफैंका लागि केही गर्न नसक्ने अवस्थामा रहेका व्यक्तिहरूको सारथी बनेर हाल देशका २१ जिल्लामा २९ वटा शाखामार्फत उद्धार, उपचार, पालनपोषण र पारिवारिक पुनर्मिलनको सेवा निरन्तर रूपमा सञ्चालन गर्दै आइरहेको छ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि