१ माघ २०८२, बिहीबार
बागमती मुख्‍य समाचार समाचार

पवन सारडाद्वारा विराटनगर शाखाकाे एक काेठा निर्माणमा ५ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

विराटनगर। निर्माणाधीन अवस्थामा रहेको मानवसेवा आश्रम विराटनगर शाखाको भवन निर्माणका लागि आर्थिक सहयोग प्राप्त भएको छ। सोही क्रममा निर्माण सेवाका लागि मनकारी दाताहरूले आर्थिक सहयोग प्रदान गरिरहेका छन्।

यसै क्रममा भवनको एक कोठा निर्माणका लागि विराटनगर महानगरपालिका-९ संसारीमाई स्थान माेरङ निवासी समाजसेवी तथा उद्योगी पवन सारडाले ५ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग प्रदान गर्नुभएकाे छ। सहयोगमार्फत शाखामा निर्माण भइरहेको भवनले आश्रित व्यक्तिहरूको सेवा व्यवस्थापनमा सहयोग पुर्‍याउनेछ। यसबाट आश्रितहरूले खाना नानासँगै सुरक्षित आश्रय प्राप्त गर्नेछन् । शाखा मार्फत   करिब १ सय २६ जनाको मानवोचित व्यवस्थापनमा सहजता मिल्ने भन्दै मानवसेवा आश्रमले पवन सारडाप्रति हार्दिक आभार व्यक्त गरेको छ।

मानवसेवा आश्रम प्रदेश स्तरीय शाखा विराटनगरमा वि.सं २०७६ भदौ १३ गते स्थापना भएको थियो। स्थापना कालदेखि नै शाखाले  माेरङ जिल्ला र कोशी प्रदेशभरका सहयोगापेक्षी तथा जोखिमपूर्ण अवस्थामा रहेका व्यक्तिहरूको उद्धार, संरक्षण, उपचार, पुनःस्थापना र मानवोचित व्यवस्थापनमा निरन्तर सेवा गर्दै आइरहेको छ। हाल आश्रमकाे शाखा सुनसरीको धरान र झापाको मेचीनगरमा विस्तार भएसँगै सेवा अझ प्रभावकारी बन्दै गएकाे छ ।

मानवसेवा आश्रम देशभरका शाखामार्फत सहयोगापेक्षी सडकआश्रित व्यक्तिहरूको उद्धार, संरक्षण, उपचार र पुनर्स्थापना गरी निरन्तर सेवा सञ्चालन गर्दै आइरहेको छ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि