१ माघ २०८२, बिहीबार
बागमती मुख्‍य समाचार समाचार

संकटको घडीमा साहसिक कदम : उमेश मोक्तान तामाङ सम्मानित

काठमाडौं । गएको जनवरी २ मा काठमाडौंबाट भद्रपुरतर्फ उडेको उडान नम्बर ९०१ मा उत्पन्न आकस्मिक र कठिन परिस्थितिमा यात्रु उमेश मोक्तान तामाङले देखाएको साहस र मानवीय संवेदनशीलताको उच्च कदर गरिएको छ।

उडानका क्रममा समस्या आएपछि तामाङले समयमै अगाडिपट्टिको दायाँ ढोका खोल्न सहयोग गर्दै अन्य यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनको यही सतर्कता र तत्परताका कारण ठूलो मानवीय क्षति हुनबाट जोगिएको बताइएको छ ।

उनले देखाएका साहसिक योगदानको सम्मानस्वरूप आज भद्रपुरमा आयोजित कार्यक्रममा रु. १ लाख नगद पुरस्कारसहित विशेष सम्मान प्रदान गरिएको हो।

आयोजक संस्थाले संकटको क्षणमा तामाङले देखाएका नेतृत्व, धैर्य र मानवताले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको उल्लेख गर्दै उनको कार्यले सबैका लागि प्रेरणादायी भएको जनाएको छ ।

सामान्य यात्रु भएर पनि असामान्य साहस देखाउन सकिन्छ भन्ने उदाहरण बनेका उमेश मोक्तान तामाङ आज केवल सम्मानित व्यक्ति मात्र होइनन्, संकटमा मानवताको उज्यालो बनेका पात्रका रूपमा स्मरणीय बनेका छन्।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि