१ माघ २०८२, बिहीबार
बागमती मुख्‍य समाचार समाचार

९८ वर्षीय उजिरद्वारा विद्यालयमा खानेपानीको धारा निर्माण

टक्सार भोजपुर, २९ पुसः भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित एक विद्यालयमा खानेपानीको धारा निर्माण गरे छ ।

भोजपुर–८ पोखरेका प्रधानले श्रीमती रुपछिमीको स्मृतिमा रु दुई लाख खर्च गरेर स्थानीय सरस्वती आधारभूत विद्यालयमा पाँचवटा खानेपानीको धारा निर्माण गर्नुका साथै पाँच हजार लिटर क्षमताको ट्याङ्कीको समेत व्यवस्था गरेका छन् । निर्माणकर्ता प्रधानले दुवै संरचना विद्यालयका प्रधानाध्यापक शरणकुमार राईलाई हस्तान्तरण गरे ।

स्वच्छ खानेपानी विद्यार्थीको अधिकार भएकाले आफूले धारा निर्माण गरिदिएको प्रधानले बताए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष गोपाल कार्की तथा निर्माणकर्ता उजिरबहादुरले धाराको उद्घाटन गरे । सोही अवसरमा विद्यालयका पूर्वविद्यार्थी डा विनोद पराजुलीले सहयोग गरेका रु २० हजार रकमबाट विद्यालयका विद्यार्थीलाई नेपाली टोपी वितरण गरिएको प्रअ राईले बताए। कार्यक्रममा विद्योदय माविका प्रअ खोमराज धमलाको समेत उपस्थिति रहेको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि