२० माघ २०८२, मंगलवार
बागमती मुख्‍य समाचार स्वास्थ्य

टिचिङ अस्पतालले माघ १ गतेदेखि स्वास्थ्य बीमा सेवा बन्द गर्ने

काठमाडौं । मुलुककै प्रमुख सरकारी स्वास्थ्य संस्था त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले स्वास्थ्य बीमा कार्यक्रमबाट बाहिरिने निर्णय गरेको छ ।

शिक्षण अस्पताल प्रशासनले सूचना सार्वजनिक गर्दै आगामी माघ १ गतेदेखि नेपाल सरकारको स्वास्थ्य बीमा अन्तर्गतका सम्पूर्ण उपचार सेवा बन्द गरिने जानकारी दिएको हो ।

अस्पतालले मासिक करिब पाँच करोड रुपैयाँभन्दा बढी खर्च व्यहोर्दै आएकोमा बीमा बोर्डबाट ५० प्रतिशत मात्र दाबी स्वीकृत हुँदै आएको जनाएको छ । हालसम्म अस्पतालले बीमा दाबीबापत झण्डै ४० करोड रुपैयाँ पाउन बाँकी रहेको अस्पतालले दाबी गरेको छ।

साथै अस्पतालले उपचार दररेटमा बीमा बोर्ड र अस्पतालबीच ठूलो अन्तर रहेको, पटक–पटक ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नभएको भन्दै विगत दुई वर्षदेखि आफ्नै आन्तरिक स्रोतबाट दैनिक खर्च धान्दै आएको र अब थप घाटा व्यहोर्न नसक्ने स्पष्ट पारेको छ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको