२ माघ २०८२, शुक्रबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र आज

काठमाडौं। नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत आज बन्दसत्र सुरु हुँदैछ ।

आज हुने बन्दसत्रमा पार्टीको नीति, संगठन र आगामी राजनीतिक दिशाबारे गहन बहस हुने भएको छ।

आइतबार साँझ उद्घाटन सत्र सम्पन्न भएसँगै आज बिहान खाजापछि बन्दसत्र सुरु गरिने महाधिवेशन व्यवस्थापन सचिवालयले जनाएको छ। ढिलोमा १० बजेदेखि औपचारिक कार्यक्रम अघि बढ्नेछ।

प्रतिनिधिहरूको दबाबपछि महामन्त्री गगन थापाको नेतृत्वमा बोलाइएको विशेष महाधिवेशनमा २६ सयभन्दा बढी प्रतिनिधिहरू सहभागी छन्। बन्दसत्रमा पार्टीभित्र देखिएका संगठनात्मक समस्या, नेतृत्वको भूमिका र नीतिगत सुधारका विषयमा धारणा राखिने अपेक्षा गरिएको छ।

कार्यविधि तय गरी बन्दसत्र सञ्चालन गरिनेछ। बन्दसत्रको सभापतित्व ज्येष्ठ सदस्यले गर्नेछन्। यस क्रममा नीतिगत तथा संगठनात्मक प्रतिवेदन प्रस्तुत भई त्यसमा छलफल हुने कार्यक्रम रहेको छ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि