१ माघ २०८२, बिहीबार
कोशी मुख्‍य समाचार समाचार समाज

हिलोमा भासिएको चित्तलको उद्धार

झापा, २८ पुस : यहाँको दमक नगरपालिका–२ स्थित हिलोको दलदलमा भासिएको अवस्थामा फेला परेको एउटा पोथी चित्तलको आइतबार उद्धार गरिएको छ ।

स्थानीय काली मन्दिर पछाडि ध्रुव गुरागाईंको खेतको हिलोमा भासिएर हिँडडुल गर्न नसक्ने अवस्थामा उक्त चित्तल स्थानीयबासीले फेला पारेका थिए । सब डिभिजन वन कार्यालय र इलाका प्रहरी कार्यालय दमकको टोलीले चित्तललाई दलदले भासबाट बाहिर सुरक्षित रुपमा निकालेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

उद्धारपछि चित्तललाई कनकाईस्थित जामुनखाडी सामुदायिक वन कार्यालयमा जिम्मा लगाइएको वन रक्षक वीरेन्द्र पौडेलले बताए। उक्त सामुदायिक बनमा जंगली जनावरको संरक्षण गरिँदै आएको छ । जिल्लाका विभिन्न स्थानमा फेला पर्ने जंगली जनावरहरु संरक्षण र उपचारका लागि जामुनखाडी सामुदायिक वनमा सञ्चालित संरक्षण केन्द्रमा पु(याइने गरिएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि