२ माघ २०८२, शुक्रबार
बागमती मुख्‍य समाचार समाचार

मानवसेवा आश्रमद्वारा पुस चाैथाे साता ४३ जनाको उद्धार, १४ को पारिवारिक पुनर्मिलन

काठमाडौँ । मानवसेवा आश्रमले पुस चाैथाे सातामा ४३ जनाको बेवारिसे व्यक्तिहरूकाे उद्धार गरेको छ। उद्धार गरिएकामा ३१ जना पुरुष र १२ जना महिला रहेका छन्।

आश्रमका देशभर सञ्चालनमा रहेका शाखाहरूले उद्धार गरिएका व्यक्तिहरूलाई सम्मानजनक जीवनयापनका लागि सुरक्षित वातावरण उपलब्ध गराएका छन्। त्यस्तै, विभिन्न समयमा उद्धार भई आश्रममा स्वास्थ्य लाभ गरिरहेका र पारिवारिक पृष्ठभूमि पत्ता लागेका १३ जनाको पारिवारिक पुनर्मिलन  सम्पन्न भएकाे छ। आश्रमले आवश्यक प्रक्रिया पूरा गरी १४ जना आश्रितहरूलाई परिवारको जिम्मा लगाएकाे छ ।

मानवसेवा आश्रमले आफ्ना लागि आफैँ केही गर्न नसक्ने अवस्थामा रहेका व्यक्तिहरूको सारथी बनेर देशका २१ जिल्लामा २९ वटा शाखा विस्तार गरी, उद्धार, उपचार, पालनपोषण र पारिवारिक जिम्मेवारी पूरा गर्दै सेवा प्रवाह गरिरहेको छ। आश्रमले  २०८२ भित्रै मुलुकलाई  सहयोगापेक्षी सडकआश्रित मानव मुक्त राष्ट्र नेपाल घाेषणा गर्न अभियान सञ्चालन गरिरहेकाे छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि