२ माघ २०८२, शुक्रबार
बागमती मुख्‍य समाचार समाचार

सभामुख घिमिरेः शुभकामना सन्देश

काठमाडौँ, २७ पुसः विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रिय एकता, आपसी सद्भाव र समृद्ध नेपालको साझा सङ्कल्पलाई अझ सुदृढ बनाओस् भन्ने कामना व्यक्त गरेका छन् ।

पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका उपलक्ष्यमा आज एक शुभकामना सन्देश जारी गर्दै सभामुख घिमिरेले राष्ट्रनिर्माता शाहले मुलुकको एकीकरण प्रक्रियामा पुर्याएका योगदानको उच्च मूल्याङ्कनसहित उनको प्रति सम्मान व्यक्त गरेका छन् ।

उनले सन्देशमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् ।

स–साना राज्यलाई एकीकरण गरी स्वतन्त्र, सार्वभौम र स्वाभिमानी नेपालको जग बसाल्ने पृथ्वीनारायण शाहको दूरदर्शी नेतृत्व, राष्ट्रप्रेम र एकताको भावना आज पनि हामी सबैका लागि प्रेरणाको स्रोत हो, सन्देशमा भनिएको छ, उनका विचार र दिव्योपदेशले राष्ट्रिय एकता, आत्मनिर्भरता र देशहितलाई सधैँ मार्गदर्शन गरिरहने छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि