काठमाडौँ । मानवसेवा आश्रमका देशभर सञ्चालनमा रहेका विभिन्न शाखाहरूमा शनिबार बिहनी र बेलुका गरी ३४ वटा भोजनसेवा र १३ वटा खाजा सेवा सम्पन्न भएका छन्।
सोही दिन मनकारी दाताहरूले आश्रितहरूको सेवाको सहजीकरणका लागि प्रदान गरिएकाे सहयोग स्वरूप ९ लाख २८ हजार रुपैयाँ आश्रमलाई सेवा योगदान प्राप्त भएको छ। त्यस्तै सेवा सदुपयोगतर्फ ४४ हजार १ सय ४५ रुपैयाँ खर्च भएको आश्रमले जनाएको छ।
शनिबार आश्रमले ५ पुरुष र २ महिला गरी ७ जना बेवारिसे व्यक्तिहरूको उद्धार गरेको छ। साथै, विभिन्न समयमा उद्धार भई पारिवारिक पृष्ठभूमि खुलेका ४ जना आश्रितहरूको पारिवारिक पुनर्मिलन सफलतापूर्वक सम्पन्न गरेकाे हाे।
त्यसैगरी शनिबार विभिन्न प्रयोजनका लागि ४ सय ५८ जनाले मानवसेवा आश्रमका शाखाहरूको अवलोकन गर्नुभएको छ भने १ लाख ७७ हजार २ सय २ रुपैयाँ बराबरको जिन्सी सामग्री आश्रमलाई सहयाेग बापत प्राप्त भएको छ।
मानवसेवा आश्रमले तीनै तहका सरकार तथा देश–विदेशमा रहनुहुने मनकारी दाताहरूको सहकार्यमा हाल देशभर २९ वटा शाखा विस्तार गरी सहयोगापेक्षी सडकआश्रित व्यक्तिहरूको उद्धार, उपचार, संरक्षण तथा पुनर्स्थापनाको सेवा निरन्तर रूपमा सञ्चालन गर्दै आइरहेको छ।







