तुलसीपुर दाङ, २७ पुसः माघीका अवसरमा दाउरा लिएर माइती लैजाने चलन थारू समुदायमा हराउँदै जान थालेको छ । वनबाट दाउरा ल्याउन नसक्ने आमाबुबाका लागि दाउरा लगिदिने चलन थियो ।
माइतीमा दाउरा लैजाने चलन अहिले प्रायः हराएको तुलसीपुर–१८ निवासी फूलमान चौधरीले बताए । उनले भने, पहिले माघीमा माइतीमा दाउरा लैजाने चलन थियो, अहिले त्यो चलन हराइसकेको छ ।
आफूहरूले समेत माइतीमा दाउरा लैजाने गरेको भए पनि अहिले त्यो चलन हराएको उहाँको भनाइ छ । अहिले घरघरमा हिटरको समेत प्रयोग हुने तथा पहिलेजस्तो दाउराको समस्या पनि नहुने भएकाले त्यसरी दाउरा लैजाने चलन हराएको हुनसक्ने थारू अगुवा खुसीराम चौधरीले बताए। अहिले घरघरमा हिटर हुन्छ, पहिलेजस्तो समस्या पनि हुँदैन, उनले भन, त्यसैले पनि अहिले यो चलन हराएको हुनसक्छ ।







