२ माघ २०८२, शुक्रबार
बागमती मुख्‍य समाचार राजनीति समाचार

कांग्रेस विशेष महाधिवेशनः ९ बजे सम्म १० प्रतिशत प्रतिनिधिले गराए नाम दर्ता

काठमाडौं । नेपाली कांग्रेसको ऐतिहासिक दोस्रो विशेष महाधिवेशन आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ ।
महाधिवेशनमा सहभागी हुन बिहान ८ बजेबाट सुरु भएको महाधिवेशन प्रतिनिधिको नाम दर्ताका क्रममा ९ बजेसम्म करिब १० प्रतिशत प्रतिनिधिले नाम दर्ता गराइसकेको आयोजकले जनाएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीका अनुसार देशभरबाट कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि रहेका छन् ।
“अहिले ९ बजेसम्म करिब १० प्रतिशत प्रतिनिधिले दर्ता गराइसक्नुभएको छ,” उनले भने, “७ वटै प्रदेशका लागि छुट्टाछुट्टै डेस्क बनाएर दर्ता प्रक्रिया सञ्चालन गरिएको छ । अहिले पनि लामो लाइन छ, यसले सहभागिता उत्साहजनक हुने संकेत गर्छ ।”
शिवाकोटीका अनुसार महाधिवेशनमा ६० प्रतिशतभन्दा बढी प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ । देशभरबाट प्रतिनिधि आउने क्रम जारी रहेको र भृकुटीमण्डप क्षेत्र पूरै महाधिवेशनमय बनेको उनले बताए । शुभेच्छुक तथा कांग्रेस कार्यकर्ताहरू समेत महाधिवेशन स्थलमा भेला हुन थालेका छन् ।
उता, विशेष महाधिवेशनको उद्घाटनअघि सहभागीहरूले काठमाडौंका विभिन्न ६ स्थानबाट जुलुस निकाल्ने तयारी गरेका छन् । महाधिवेशन आयोजक समितिका अनुसार आज मध्याह्न १२ बजे भृकुटीमण्डपमा उद्घाटन सत्र सुरु हुनेछ । उद्घाटनअघि शक्ति प्रदर्शनका रूपमा जुलुस आयोजना गर्न लागिएको हो ।
सबै रुटबाट बिहान ११ बजे जुलुस निस्कने कार्यक्रम तय गरिएको सचिवालयले जनाएको छ । जुलुस भृकुटीमण्डप प्रवेश गरेपछि औपचारिक उद्घाटन कार्यक्रम सुरु हुनेछ । आजै बन्दसत्र पनि प्रारम्भ गरिनेछ । विशेष महाधिवेशन सोमबारसम्म सञ्चालन हुनेछ ।
दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका अनुसार जुलुस ललितपुरको कुपण्डोल तथा काठमाडौंका सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पसचोक, शंकरदेव क्याम्पस र कमलपोखरीबाट भृकुटीमण्डपतर्फ प्रस्थान गर्नेछ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि